आज एकैदिन ३३ को ज्यान गएसँगै ५७२७ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए हेर्नुस् !

admin

काठमाडौं, १७ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एकैदिनमा नयाँ संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय संक्रमित छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए हेर्नुस् !
यसैगरी बितेको २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै बितेको २४ घण्टामा भने देशभर ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । बितेको २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया