आज मार्क्सको २०४औंजयन्ती

admin

काठमाडौं, २२ बैशाख : संसारका पूँजीपति विद्वानहरुले समेत मानेका यो युगका दार्शनिक कार्ल मार्क्सको आज जन्मदिन । मार्क्सलाई संसार भरका कम्युनिस्ट पार्टी र तिनका सदस्यहरुले त मान्नै नै भए, पूँजीवादी विचारको विकल्पमा उनले दिएको समाजवादी विचारका कारण संसारका पूँजीपतिहरुले पनि उनलाई दार्शनिक मान्दछन् ।

५ मे विश्व कम्युनिस्ट आन्दोलन र साम्यवादी आन्दोलनको एक ऐतिहासिक र अविष्मरणीय दिन हो । आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन राइन समाचार पत्रको सम्पादक समेत भइसकेका माक्र्सवाद विचारका प्रवर्तक एवम् साम्यवादका सिद्धान्तकार कार्ल मार्क्सको जर्मनीको प्रशाको राइन प्रदेशभित्र पर्ने ट्रियर नगरमा जन्म भएको थियोे । उनै मार्क्सको सन् १८८३ मार्च १४ का दि लण्डनमा देहावसान भएको थियोे ।

आज मार्क्स जन्मेको २०३ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०४ औं जन्म जयन्ती मनाउने काम भइरहेको छ । कार्ल मार्क्स विश्वका सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका नेता हुन् ।

जर्मन निवासी फ्रेडरिक एंगेल्स (सन् १८२० –१८९५) को सहयोगमा सन् १७४८ फ्रेब्रुअरी २१ का दिन घोषणा गरिएको विश्वविख्यात कम्युनिस्ट घोषणापत्र मार्फत मार्क्सले मार्क्सवादी सिद्धान्तको निर्माण गरेका हुन् । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो र यसको सिद्धान्त भौतिकवाद हो भने द्वन्द्ववाद यसको पद्धति हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारावर्गको विश्व दृष्टिकोण हो ।

प्रतिक्रिया