प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग

admin

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग भएको छ। उनको निजी ट्विटर अकाउन्ट @kpsharmaoli बाट बुधबार उनको पदीय मर्यादा विपरीत ट्विट (रिप्लाइ) गरिएको थियो।

नागरिक एपबारे लेखिएको ट्विटमा भएको छलफलमा ‘फेकप्रसाद शर्मा’ नामका ट्विटर प्रयोगकर्ताले लेखेको रिप्लाइमा प्रधानमन्त्रीको निजी अकाउन्टबाट रिप्लाइ गर्दै भनिएको छ- अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै यिच्च दाँत देखाउने अनि हसायो भन्ने।

रिप्लाइ केही बेरमै ‘डिलिट’ गरिएकाले प्रधानमन्त्रीको निजी अकाउन्ट दुरुपयोग भएको स्पष्ट हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी अकाउन्ट @kpsharmaoli र प्रधानमन्त्रीको अकाउन्ट @PM_Nepal को दुरुपयोग भएको यो पहिलो घटना भने होइन। यसअघि यस्ता घटना पटकपटक भइसकेका छन्।

प्रतिक्रिया