नेप्से आज १२ अङ्कभन्दा धेरैले घट्यो

admin

काठमाडौं, २३ बैशाख : शेयर बजार परिसूचक नेप्से बिहीबार १२ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से १२ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अङ्कमा पुगेको छ । बिहीबार व्यापार समूहको शेयर ६२ दशमलव ९९ अङ्कले, होटल र पर्यटनको ४४ दशमलव ४, हाइड्रोपावरको ४९ दशमलव ३९, निर्जीवन बीमाको एक सय ३० दशमलव ३१, माइक्रोफाइनान्सको ६३ दशमलव ८५ र जीवन बीमा समूहको शेयर दुई सय ३९ दशमलव ३३ अङ्कले घटेको छ ।

बैंकिङ समूहको शेयर सात दशमलव ११ अङ्कले, फाइनान्सको तीन दशमलव ५ र लगानी समूहको शेयर भने शून्य दशमलव १५ अङ्कले बढेको छ । बिहीबार दुई सय १६ कम्पनीको एक करोड ५९ लाख कित्ता शेयर ६ अर्ब १ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट तथा विकास कम्पनीको ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घट्दा सिंगटी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जनउत्थान सामुदायिक र खानीखोला हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया