ओली र नेपालको आज भेट गराएरै छाडिन्छ : मोती दुगड

admin

काठमाडौं, २४ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको जानकारी दिएका छन् । शुक्रबार भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको दुगडले बताए ।

भेटवार्ता सकभर पार्टी कार्यालय थापाथलीमा नत्र कुनै होटलमा हुन सक्ने उनको भनाइ छ । दुई नेताबीच कुरा नमिल्दा एमाले नै फुटतर्फ गएको र नेपालको फुटले कसैलाई पनि फाइदा नपुग्ने भन्दै पाण्डे र आफूले तीन दिनदेखि दुवै नेतासँग लगातार कुरा गरिरहेको प्रधानमन्त्रीका सल्लाहकार दुगडले जानकारी दिए ।

एमाले एकजुट बनाउनको लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता नेपालसँग छलफल गरेकी थिइन् । यस्तै नेता घनश्याम भुसाल, योगेश भट्टराईसँग प्रधानमन्त्रीले कुराकानी गरेका थिए । मध्यम तहका नेताहरुबीच पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया