आज एकैदिन एघार सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २४ बैशाख : शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो ।

(अस्ति) बुधबार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया