संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठद्वारा आइशोलेशन निर्माण

admin

काठमाडौं, २४ बैशाख : संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका छन् । काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवनमा आइसोलेशन स्थापना गरिएको हो ।

नेपाल लगाएत विश्वभर कोभिड-१९ महामारीको दोश्रो लहर चलिरहेको सन्दर्भमा कोरोना संक्रमितको सहज उपचारका लागि आइशोलेशन निर्माण गरिएको सांसद श्रेष्ठले बताए । उनले आइशोलेशन केन्द्रमा आवश्यक सवै पूर्वाधारका साथै मेडिकल सर्पोटको पनि व्यवस्था हुने बताए ।

प्रतिक्रिया