अझै उठेन ३ बालकको शव

admin

काठमाडौं, २५ बैशाख : कार भित्र मृत फेला परेका तीन बालकको शव अझै उठ्न सकेको छैन। बैशाख १८ गते बेलुका दाङको तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न नमानेका हुन् । पीडित परिवारले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै आएका छन् ।

उनीहरुले राज्यले उचित क्षतिपुर्ति उपब्ध नगराउँदा सम्म शव नझु्ने अडान लिँदै आएका छन् ।समस्या समाधान गर्न शनिवार सरोकार वालाहरुको बीचमा छलफल हुने भएको बताइएको छ ।

प्रतिक्रिया