अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले भन्यो: दलाल पुँजीवादी सरकार कोरोना नियन्त्रणमा पूर्णअसफल भयो

admin

काठमाडौं, २५ बैशाख : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सरकार कोरोना कहरमा भ्रष्टाचार तथा स्वास्थ्य कालोबजारीमा लिप्त भएको जनाएको छ 


कोरोना नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको भन्दै केन्द्रले पुँजीवादी संसदीय सरकारहरु लापरबाही र उदासीन हुनु , कोरोना कहरलाई निहु बनाएर भ्रष्टाचार, कमिसन, व्यापार युध्द लचाएर राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु र जनताकाबीचमा डर, त्रास र आतंक तथा भयावह मच्चाएर कोरोनालाई पैसा कमाउने साधन बनाउदै आएका कारण व्यवस्था नै असफल भएको दाबी गरेको छ ।

नेपालको सरकार साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाहरु सफल भएको दाबी समेत गरेको छ ।

भने, उत्तर कोरिया, चीन, भियतनाम, क्युवा आदि मुलुकहरु जनताप्रति उत्तरदायी बनेकै कारण कोरोना नियन्त्रणमा सहज भएको केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया