अल्टिमेटम भित्र प्रधानमन्त्री ओलीबाट आएन कुनै प्रतिक्रिया, नेपाल पक्षका सांसदहरु सांसद पदबाट राजीनामा गर्ने तयारीमा

admin

काठमाडौं, २६ बैशाख : नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिएर आउन दिएको अल्टिमेटम सकिएपछि उनीहरु आन्तरिक छलफलमा जुटेको छन ।

अन्टिमेटमको समय भित्र प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नजनाएपछि उनीहरु सिहंदरवामा छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पूर्ववत अवस्थाबाट संञ्चालन गर्र्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी छ ।

सो समूहका सांसदहरुको हिजोेको बैठकले प्रधानमन्त्री ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धता खोजेको थियो । आफुहरुको मागका सम्बन्धमा आज विहान ९ बजेसम्म प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

नेता नेपालले पनि हिजो राति एकता कायम राख्न भन्दै प्रधानमन्त्री ओलीलाई ६ बुँदे पत्र पठाउनुभएको थियो । पत्रमा जेठ २ को अबस्थामा पार्टी फर्कनु पर्ने लगायतका माग गर्दै आफ्ना जायज आवाजहरुलाई वेवास्ता गरिए ओली पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहेको अर्थ लाग्ने चेतावनी नेपालको छ ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको हैसियतमा आफूले कसैलाई काखा पाखा नगर्ने भन्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नु भएको थियो ।

प्रतिक्रिया