बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

admin

काठमाडौं, २७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।

प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् ।

यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।

‘संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले भने ।

प्रतिक्रिया