आज कांग्रेस पदाधिकारी बैठकमा नयाँ सरकार गठनको तयारी

admin

काठमाडौं, २८ बैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । नयाँ सरकार गठनको तयारीका लागि देउवाले मंगलबार दिउँसो ३ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

file photo

सोमबार प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल भएर अल्पमतमा परेपछि राष्ट्रपतिले बहुमतको सरकारको लागि आह्वान गरेकी छिन् । बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव-वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् । जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्‍याउन कांग्रेस-माओवादी गठबन्धनलाई समस्या परेको छ ।

प्रतिक्रिया