सुनको मूल्य बढ्दा चाँदी घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ बैशाख : मंगलबार सुनको मूल्य तीन सय रुपैयाँ बढेको छ । सोमबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । सोमबार तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया