थप नौ हजार चार सय ८३ जनामा संक्रमण पुष्टि, पाँच हजार दुई सय २५ जना कोरोनामुक्त

admin

काठमाडौं, २८ बैशाख : कोरोना संक्रमणका कारण नेपालमा थप दुई सय २५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित ज्यान गुमाउनेको संख्या चार हजार ८४ पुगेको छ । यस्तै २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीस हजार पाँच सय ९६ पीसीआर र सात सय २० जनाको एन्टिजेन परीक्षण गर्दा नौ हजार चार सय ८३ जनामा संक्रमण देखिएको हो ।

योसहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ । यस्तै बितेको २४ घण्टामा पाँच हजार दुई सय २५ जना निको भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया