काठमाडौं, २९ बैशाख : नेकपा एमालेका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले जसपाकै महन्त ठाकुर र राजेन्द्र महतोका पक्षमा रहेका तीन जना सांसदलाई अपहरण शैलीमा लुकाएको भन्दै आक्रोस जनाएका छन् । उनले उक्त तीन सांसदहरु तत्काल सार्वजनिक गर्न उपेन्द्र र बाबुरामलाई आग्रह समेत गरे ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत माग्नुभएको समयदेखी हालसम्म तीन जना सांसदहरुलाई डा. भट्टराई र यादवले अपहरण शैलीमा बन्धक बनाएको हुनसक्ने उनले आशंका गरे । उक्त तीन जना सांसदहरुले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने भएपछि यादव र भट्टराईको योजनामा सांसदलाई नै लुकाएको उनले दावी गरे ।
करिब एक वर्ष पहिले जसपाकै सांसद डा. सुरेन्द्र यादवले आफु मन्त्री हुने महान् सपना बोकी काठमाडौं आएको समयमा डा. भट्टराई र यादवसहितको जसपाका केही नेताले सांसद बस्नेतलाई अपहरणको आरोप लगाएका थिए । तर उक्त कुरा झुटा सावित भइसकेको छ । आफुलाई अपहरणको आरोप लगाउने नेता यादव र भट्टराईले नै अहिले आफ्नो विरुद्धमा विचार राख्ने नेता वा सांसदलाई अपहरण शैलीमा बन्धक बनाई लुकाएर राखेको भन्दै आक्रोस व्यक्त गरे ।
कांग्रेस, माओवादी तथा जसपा (महन्त र राजेन्द्र समूह) बाहेकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिई भ्रष्टाचारी, दलाली, सांसद किनबेचलगायतमा संलग्नको नयाँ गठबन्धनको सरकार बनाउने रणनीतिका साथ अगाडी बढिरहेका छन् । तर उक्त योजना लगभग सफल नहुने प्रायः निश्चित जस्तै भएको छ । जसले गर्दा गठबन्धन बनाई मुलुकलाई आफ्नो कब्जामा लिने गठबन्धनको रणनीति असफल हुने भएको छ ।
उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘सरकारले दल विभाजन सम्बन्धि अध्यादेश लेउन खोज्दा २ वटा प्रश्न उठाइयो एउटा आफ्नो पार्टीको विभाजन गर्न र दोस्रो अर्काको पार्टी फोर्न र सांसदरुलाई अनुचित प्रभावमा पार्न प्रधानमन्त्रीले प्रयास गरे । अझ भन्नू पर्दा मन्त्री खान कुर्ता सुरुवाल लगाएर घरमा श्रीमतीसँग बिदा भएर टीका लगाएर आएका डा. सुरेन्द्र यादवलाई अपहरण गरियो ।
आज वर्तमान सरकारले विश्वासको मत लिने र संविधानको धारा ७६ (२) को सरकार बनाउने प्रक्रिया अगाडि बडदा यी प्रश्न उठाउने मित्रहरुलाई नैतिकताको गम्भीर प्रश्न उठेको छ । यसको जवाफ निर्ममताका साथ दिनै पर्दछ ।
१) राजनीति विचार, आस्था र विश्वासको कुरा हो कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनुपर्दछ । यो लोकतान्त्रको सुन्दर पक्ष हो । तसर्थ यसलाई प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने क। माधव नेपाल आफ्ना सांसदहरुलाई राजिनामा दिने तहमा पुग्नुभयो । प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरुको यो हालत हुने थिएन कि !
२) आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी ओलीलाई नहटाइ भएको छैन । रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाई सत्ताको नेतृत्व नलिभएको छैन । तसर्थ अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउवा, प्रचण्ड, रामचन्द्रहरु रातारात जनता समाजवादी पार्टी फोर्न किन लागेका छन् १ राती अबेरसम्म किन माधव नेपाल र भिम रावल भेटिरहेको छन् ।
३) आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ रु के तिनीहरु अपहरणमा परेका होइनन ? लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ ?
४) कांग्रेस सभापति देउवालाई ०५२ सालमा सांसद किनबेचदेखी अनेक विकृतिको दाग लागेकै हो । अब फेरि सांसद खरिद बिक्री प्रक्रिया र पद (मन्त्री) बाँडने काम सुरु भएको छ । त्यो कुकर्म तिर लाग्दा कांग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा साथीहरुको सिलिव्रेटी बन्ने नाटकीय प्रवृत्ति नाङ्गिदैन र ?
५) प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ । म सत्ता टिकाउन कुनै हर्कत गर्दिन । मेरो बिरुद्ध बहुमत पुग्दा विपक्षमा बस्न तयार छु । मेरो पक्षमा बहुमत पुगे सुख, समृद्धि र कोभिडविरुद्धको अभियानमा लाग्नेछु, कतै पनि बहुमत नपुगे छिटो निर्वाचनमा जाँउ । अबको परिस्थितिलाइ सहज ढङ्गले टुङ्गाउँ अनि कोभिडविरुद्ध अभियानमा सबै राजनैतिक दलहरु लागौं । यो नै आजको आवश्यकता होइन र ?’