सचेत बनौँ, कुनै प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न : नेत्री झाँक्री

admin

काठमाडौं, ३० बैशाख : नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाको संवादको कुनै अर्थ नभएको बताएकी छिन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटप्रति नेत्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन ।’

नेत्री झाँक्रीले नागरिक, लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह मात्र आफूहरूको एकमात्र विकल्प भएको बताएकी छिन् । ‘हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ, सचेत बनौँ’​, उनले भनेकी छिन् । बिहीबार दिउँसो केपी ओली र माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता भएको छ । यद्यपि यो भेटलाई लिएर धेरैजसो नेताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया