आज राज्य र पार्टी कसरी चलाउँदैछन् ?

admin

काठमाडौं, ३ जेठ : नेकपा (एमाले) की नेत्रृ तथा सांसद रामकुमारी झाँक्रीले जनताको बहुदलीय जनवादका कथि अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ? भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि कडा टिप्पणी गरेकी छिन् । मदन भण्डारी र जीवराज आश्रितको २८औं स्मृति दिवसमा सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेत्रृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छिन्, “आज जेठ ३ गते मदन-आश्रित स्मृति दिवस । जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो- कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज व्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण । बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता । जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन ? यि यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो । कमरेड मदन र कमरेड आश्रित प्रति हार्दिक श्रद्धासुमन !”

प्रतिक्रिया