मानवका लागि मानव अभियान सुरु,आईसोलेसन वार्ड र क्वारेन्टाइन वार्ड बनाउने

admin

काठमाडौं, ३ जेठ : “मानवका लागि मानव” अभियानले सोमबारदेखि कलंकी देखी सितापाईला, स्वयंम्भु, बनस्थली, बलाजु माछापोखरी, बसपार्क, बसुन्धारा, चक्रपथ, चाबहिल, एयर्पोर्ट , तिनकुने र कोटेश्वर सम्म सेवा अभियान सुरु भएको हो ।

मानवका लागी मानव अभियानले अति बिपन्न परिवार र ज्यालादारी परिवारलाई दैनिक खाद्यान्न नै नभएको परिवारलाई सहयोग गरिरहेको छ। अभियानको संयोजक हेम बहादुर खड्का (राज) ले सहयोग गर्न मन्दिरा शर्मा 9841147195, डिबि पराजुली 9818921874, दिपेन्द्र ढकाल, 9801196667 साजन बिक 9843268698, लिला खनाल , 9851072299 , सरस्वती काफ्ले, 9808193099 मा सर्म्पक गरेर सहयोग गर्न अपिल गरेका छन् । उनले यो अभियान ईमान्दार साथ अभियान संचालन गर्ने कुरा प्रतिबद्धता समेत जाहेर गरे ।

उनले भने “हाम्रो अभियान एक्स्टेन हुँदैछ, कलंकी देखी सितापाईला, स्वयंम्भु, बनस्थली, बलाजु माछापोखरी, बसपार्क, बसुन्धारा, चक्रपथ, चाबहिल, एयर्पोर्ट , तिनकुने र कोटेश्वर सम्म हामी भोलि देखी अभियान सुरु गर्दै छौं । “

सडक बालबालिका, हस्पिटलमा बिरामीको कुरुवा, सडकमा अलपत्र मानिसहरु, सुरक्षाकर्मी, स्वास्थकर्मीहरुलाई खाना, नास्ता र पानीको प्रबन्ध गर्ने छ। अभियन्ता मन्दिरा शर्माले बताए । आफुले पनि सकेको नगद तथा जिन्सी र समाजसेवि र सहयोग दाताहरुमा अनुरोध गरि सहयोग जुटाउन सम्पुर्ण अभियन्ताहरुलाई आग्रह गर्नु भएको छ ।

माछापोखरीमा अभियानको मुख्य किचेन र कोटेश्वर तथा कलंकीमा एक्स्टेन्सन रहेर सेवामा जुटिरहेको कुरा अभियन्ता डिबि पराजुलीले बताउनु भयो । कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउन सहजिकरण गर्ने । अस्पताल जान प्राइभेट गाडी व्यवस्था गरेर एम्बुलेन्स नपाएकालाई उपचार गर्न जाने व्यवस्था मिलाउने छ।

आईसोलेसन वार्ड र क्वारेन्टाइन वार्ड बनाउन निजि र अभियानको साझेदारि गर्ने , स्वास्थ्यकर्मीको परिवारलाई सुरक्षीत राख्न डाक्टर र नर्सका लागी छुट्टाछुट्टै होस्टेलको व्यवस्था मिलाउने । कुरा रहेको दिपेन्द्र ढकालले बताउनु भयो । खान नपाएर भोक भोकै बस्न बाध्य भएकाहरुलाई आधारभुत राहतको ब्यबस्थापन गर्न पहल गर्ने छ ।

दिन रात नभनि अहोरात्र खटीएका शुरक्षाकर्मि हरुको लागी माक्स,पन्जा ,स्यानिटाईजर, पिउनेपानि र नास्ता को प्रबन्ध मिलाउन समुदाय स्तर बाट पहल गर्ने । अभियानले सबै सहयोगी व्यक्तित्वहरुलाई अभियान द्वारा सम्मान समेत गर्ने कुरा संयोजक खड्काले बताए ।

प्रतिक्रिया