अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो परिसूचक, ११ अर्बभन्दा धेरैको कारोबार

admin

काठमाडौं, ४ जेठ : नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । उत्पादनमूलक समूहबाहेक सबै समूहको परिसूचक बढेको छ ।

मंगलबार सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ । यस्तै मंगलबार दिनभर ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा धेरैका दुई करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मंगलबार सोल्टी होटल लिमिटेड, ओरिएन्टल होटल लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बेस्ट फाइनान्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड लगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । मंगलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलगायत कम्पनीको शेयर मूल्य भने घटेको छ ।

प्रतिक्रिया