दाउन्ने अपडेट : मृतक दुई जनाको परिचय खुल्यो, ४९ जना घाइतेको उपचार चल्दै

admin

नवलपरासी, ५ जेठ : पूर्व-पश्चिम राजमार्गको बर्दघाट-दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुन र सिस्ने गाउँपालिकाका धनराज घर्तीको मात्रै परिचय खुलेको छ । ४९ जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया