आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ जेठ : बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको मूल्य बुधबार तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि बुधबार घटेको छ । मंगलबार तोलामा ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया