केही दिनयता बढेर रेकर्ड कायम गरेको शेयर बजार आज घट्यो

admin

काठमाडौं, ५ जेठ : बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ । कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेप्से १३ दशमलव शून्य नौ अङ्कले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा झरेको छ । बैंक, होटल, व्यापार र फाइनान्स समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ५२ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको साढे ६० अङ्कले, जीवन बीमाको २९, निर्जीवन बीमाको एक सय ५८, उत्पादनको ६६ र अन्य समूहको शेयर साढे २७ अङ्कले ओरालो लागेको छ । नेप्से बढे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । बुधबार दुई सय १४ कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो रकम नेपालको शेयर बजार इतिहासमा अहिलेसम्मकै धेरै हो । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ङ्यादी ग्रुप हाइड्रोको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त, रुरु हाइड्रो, गुराँस फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंकको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया