निर्वाचन आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाइ कारबाही गर्नुपर्छ : नेपाली कांग्रेस

admin

काठमाडाैं, ५ जेष्ठ : नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

उहाले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको ठहर रहेको बताउनुभयो । बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ । खाँणले अहिलको अवस्थामा बैकल्पिक सरकार गठनका लागि अन्य दलसंग छलफल गर्न कांग्रेस खुल्ला रहेको धारणा राख्नुभयो ।

त्यस्तै बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । नेपालमा कोरोना महामारीको बिषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत बिश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको कांग्रेस प्रमुख सचेतक खाँडले बताउनुभयो ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको र भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले उल्लेख गर्नुभयो । कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलव्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिनुभयो ।

बैठकले कोरोना रोक्नका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ । त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति पनि बैठकले धन्यवाद दिएको छ ।

कोरोना महामारीमा अप्ठेरो अवस्थामा परेको क्षेत्रलाई राहत दिन प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक खाँडले बताउनुभयो ।

प्रतिक्रिया