प्रधानमन्त्री बन्न देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर

admin

काठमाडौं, ७ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिइएको छ । शुक्रबार सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको नेता गगन थापाले जानकारी दिए । कांग्रेस सांसद थपाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । त्यस्तै बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले आफुहरु हस्ताक्षर लिएर शिलत निवास जान लागेको बताएका थिए ।

स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएकी थिइन् ।

प्रतिक्रिया