सांसदको हस्ताक्षर अध्ययन गर्दै राष्ट्रपति कार्यालयल, आजै निर्णय होला त ?

admin

काठमाडौं, ७ जेठ : नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम-उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले एक सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् ।

यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक सय ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । तर दुवै पक्षले बहुमत दाबी गरेपछि राष्ट्रपति कार्यालयले अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ । एमालेका केही सांसद र जसपाका केही सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् । दुवै पक्षले सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ ।

‘हामीले अध्ययन गर्नैपर्ने देखियो, केही सांसदको गुनासो आएको छ, आवश्यक परे कानुनी परामर्श र बाटो पनि लिन्छौँ’, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने । कसको बहुमत जुट्यो भन्ने निर्णय शुक्रबार नै आउने सम्भावना निकै कम रहेको ढकालको भनाइ छ । प्रतिपक्षी दलका नेताहरू पनि अहिले शीतल निवासबाट बाहिरिन थालेका छन् भने प्रधानमन्त्री ओली यसअघि नै बाहिरिइ सकेका थिए ।

प्रतिक्रिया