आज सात हजार आठ सय ९० जना कोरोनामुक्त, ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

admin

काठमाडौं, ७ जेठ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । शुक्रबार थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा आठ हजार ६ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार चार सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार सात सय ५२ जना, ललितपुरमा चार सय जना र भक्तपुरमा दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख २१ हजार दुई सय २१ पुगेको छ ।

संक्रमितमध्ये एक लाख ८५ हजार तीन सय सात जना निको भएका छन् । उपत्यकामा संक्रमित भएकामध्ये दुई हजार एक जनाको ज्यान गएको छ । अहिले काठमाडौं उपत्यकामा ३३ हजार नौ सय १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा नेपालभरि सात हजार आठ सय ९० जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया