हस्ताक्षर दुरुपयोग भयो भन्दै एमाले सांसद राईद्वारा राष्ट्रपति कार्यालयलाई पत्र

admin

काठमाडौं, ७ जेठ : नेकपा एमाले नेपाल-खनाल पक्षका सांसद जय कुमार राईले गठबन्धन सरकार गठनमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।


प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठनका लागि संकलित हस्ताक्षरमा आफ्नो नाम समावेश गरिएकोप्रति आपत्ति जनाएका छन् ।आफूले आफ्ना पार्टीका अध्यक्ष विरुद्ध हस्ताक्षर नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई पत्र समेत लेखेका छन् ।

मेरो हस्ताक्षर समेत प्रयोग गरी सम्माननीय राष्ट्रपतिको कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा श्री शेरबहादुर देउवालाई प्रस्ताव गरिएको भनि सार्वजनिक सञ्चार माध्यममा समाचार आएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

म एमालेको प्रतिनिधि सभा सदस्य हुँ । र मैले मेरा पार्टीका अध्यक्षको विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । राईले लेखेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया