प्रतिगमन भाग-२ को डटेर प्रतिवाद गरौँ : माधव नेपाल

admin

काठमाडौं, ८ जेठ : नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा हुनुलाई प्रतिगमनको भाग-२ भनेका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत उनले प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले प्रतिगमन दोहोर्‍याएको आरोप लगाए ।

उनले चुनावको उद्घोष जालझेल भएको भन्दै व्यवस्था नै ‘कू’ गर्नेतर्फको अग्रसरता देखिएको बताए । उनले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको आरोपसमेत लगाएका छन् । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै उनले यो कदमको डटेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया