राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै सभापति देउवासँग जंङ्गीए ओली

admin

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानजनक शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोख्नु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेसले निकालेको बिज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी, गरिन्’ जस्ता शब्दले सम्बोधन गरेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नु भएको भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘ राष्ट्रपतिलाई तपाई भन्नु हुन्न भन्ने ठान्छन् । असभ्य बोल्लने तिनीहरुनै आफूलाई महान ठान्छन् । सभापति देउवाको त्यो भाषा गणतन्त्रलाई खुइल्याउने खालको हो । काँग्रेस यो अवस्थासम्म पुगेछ अचम्म लाग्यो ।’

प्रतिक्रिया