आज नेप्से झण्डै ३३ अङ्कले बढ्यो

admin

काठमाडौं, ९ जेठ : शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ । होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ । दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार १६ कम्पनीको शेयर सर्किट विन्दु अर्थात् झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् र समता घरेलु लघुवित्त कम्पनीको शेयर झण्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया