आज एमाले स्थायी कमिटी बैठक बस्दै, रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने

admin

काठमाडौं, १० जेठ : सोमबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।

उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दाबीसहित सर्वोच्च अदालतमा दायर गर्ने भनिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । गएको ८ गते बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । (आज) सोमबारसम्ममा स्पष्टीकरण दिन समयसीमा तोकिएको छ ।

नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलको भनाइ छ ।

प्रतिक्रिया