कोरोनाका कारण नेपाल प्रहरीका डीएसपी खरेलको निधन

admin

काठमाडौं, १० जेठ : कोरोना भाइरसको संक्रमणका कारण नेपाल प्रहरीका अर्का एक प्रहरी नायब उपरीक्षक (डीएसपी) को ज्यान गएको छ । कोरोना संक्रमणका कारण डीएसपी समिरचन्द्र खरेलको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत खरेलको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा सोमबार ज्यान गएको हो । यसअघि गएको ६ गते कोरोना भाइरसको संक्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको थियो ।

प्रतिक्रिया