‘ओलीले भाजपा सरकारलाई हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने वाचा गरेको’ भारतका पूर्वविदेशसचिव श्यामशरणको टिप्पणी

admin

एजेन्सी, १५ जेठ : भारतका पूर्वविदेश सचिव श्यामशरणले भारत सरकारले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्थासहितको हिन्दुराष्ट्र फर्काउन चाहेको हल्ला आइरहेकाले त्यसबारे प्रष्ट पार्नुपर्ने टिप्पणी गरेका हुन् । (आज) शनिबार इन्डियन एक्सप्रेसमा लेखमार्फत् नेपालका लागि पूर्वराजदूत रहिसकेका श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ उनले राजसंस्थाको अन्त भारतको ठूलो उपलब्धि भन्दै फर्काउनेतर्फ लाग्न नहुनेमा जोड समेत दिए ।

श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको टिप्प्णी गरे । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।’ हिन्दु स्वयंसेवक संघका नेताहरुले नेपालमा राजसंस्था फर्काउने अभिव्यक्तिहरु दिइरहेकाले आशंकाहरु बढेको समेत उनले टिप्पणी गरेका छन् । विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरु समेत उल्लेख गरे । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क गरे । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ ।’

श्यामशरणले भारत प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रीय भएको विषय उठिरहेको समेत लेखेका छन् । ‘ओली भारतका प्रीय हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ,’ उनले लेखेका छन्, ‘ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ ।’

त्यसो त आज १४औं गणतन्त्र दिवस तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताले गणतन्त्रको मार्ग निर्माण गरेको थियो । उक्त सम्झौतामा भारतको भूमिका रहेको खुलिसकेको छ । त्यतिबेला १२ बुँदेको मुख्य योजनाकार भारतका तत्कालीन विदेशसचिव श्यामशरण थिए । अहिले उनै श्यामशरणले नेपालमा गणतन्त्र खतरामा परेको आशयसहितको लेख लेखेका छन् । श्यामशरण आफै नेपालमा गणतन्त्र स्थापनाको जस लिदै आइरहेका छन् । अहिले भारतमा भारतीय जनता पार्टी सत्तामा रहँदा उनले गणतन्त्रमाथि खतरा बढेको आशयसहितको लेख लेख्नु अर्थपूर्ण छ । श्यामशरणको भारतको वर्तमान सत्तासँग सम्बन्ध सुमधुर छैन । त्यसैले उनले भारतको सत्तारुढ भारतीय जनता पार्टीलाई नेपालमा ‘राजसंस्था फर्काउन नखोजेको’ प्रष्ट पार्न भनेका छन् । त्यो पनि लेखमार्फत् गणतन्त्र दिवसकै दिन पारेर ।

श्यामशरणले नेपालमा राजसंस्थाको अन्तलाई भारतले हासिल गरेको ठूलो उपलब्धि भन्दै आएका छन् । यसमा उनले आफ्नो मुख्य भूमिका रहेको दाबी गर्ने गरेका छन् । तर, श्यामशरणले भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट नै नेपालमा गणतन्त्रका लागि खतरा रहेको आशयसहितको विषय उल्लेख गरेका छन् । राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट दूरी बनाएर भारतविरोधी राष्ट्रवादलाई प्रोत्साहित गरेको समेत तर्क गरेका छन् । चीनलाई नजिक ल्याउने र भारतलाई टाढा बनाउने राजसंस्थाको गतिविधिकै कारण भारतले अन्तमा भूमिका खेलेको उनको लेखको आशय देखिन्छ ।

तर, पछिल्लो समय भाजपा सरकारले राजसंस्थासहित हिन्दुराष्ट्र फर्काउन खोजेको हुनसक्ने उनको लेखमा उल्लेख छ । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक र विश्व हिन्दु परिषद्का केही नेताहरुले नै नेपालमा हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने अभिव्यक्ति दिएको विषय पनि श्यामशरणले लेखमा उल्लेख गरेका छन् । भारत सरकारले राजसंस्था फर्काउन खोजेको विषय उठिरहँदा भारत सरकारले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पार्नुपर्ने उनको टिप्पणी छ । श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको टिप्प्णी गरे ।

विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरु समेत उल्लेख गरेका छन् । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क समेत गरेका छन् । लेखको सारमा भारतले नेपालमा राजसंस्था फर्काउने भूमिका निभाउन नहुने र यसले भारतको स्वार्थमा धक्का पुग्ने भनिएको छ । तर, उनले भारतको सत्तारुढ भाजपाप्रति राजसंस्था फर्काउन भुमिका खेलेको गम्भीर आरोप लगाएका छन् । उनको लेखप्रति भाजपाभित्र र बाहिर समेत गम्भीरता देखाइएको बुझिएको छ ।

भारतको वर्तमान सत्ताबाट टाढै रहेका श्यामशरणले पछिल्लो समय असन्तुष्टिहरु लेखमार्फत् पोखिरहेको भाजपाका एक नेताले बताए । श्यामशरणले भनेजस्तो भारतले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पारे । बरु नेपालमा भारतको भूमिकालाई विवादमा पार्ने कार्यहरु बेला बेलामा यसरी नै भइरहेको उनले बताए । लेखमा श्यामशरणले भारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको प्रीय भनेका छन् । ओलीप्रति पनि श्यामशरणको विगत देखि नै धारणा नकारात्मक थियो । उनले लेखमार्फत् प्रधानमन्त्री ओलीमाथि समेत प्रहार गरेका छन् ।

प्रतिक्रिया