बेलुकापछि उपत्यकामा पानी पर्ने

admin

काठमाडौं, १८ जेठ : प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।

अहिले पश्चिमी वायुको प्रभाव काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो ।

अहिले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पानी पार्ने बादलको विकास भएको र यो पूर्वतिर सर्ने क्रममा रहेको मौसमविद् नगरकोटीले बताइन् । पानी पार्ने बादल पूर्वतर्फ सर्दा वाग्मती प्रदेश र प्रदेश-२ मा पानी पर्न सक्ने मौसमविद् नगरकोटी बताउँछिन् । काठमाडौं उपत्यकामा बेलुकापछि पनि पानी पर्ने सम्भावना रहेको नगरकोटीले बताइन् ।

प्रतिक्रिया