आफूहरूसँग बहमुत भएको ठाकुर पक्षको दावी

admin

काठमाडौं, १८ जेेठ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पार्टीमा आफूहरू बहुमतमा भएको दावी गरेको छ । ठाकुर पक्षले निर्वाचन आयोगमा बहुमत सदस्य संख्या आवश्यक परेको खण्डमा उक्त संख्या पुर्‍याउन आफूहरू सक्षम रहेको जनाएको छ ।

तपाईंहरू जसपा छोडेर हृद्येश त्रिपाठीसहित राजपा ब्यूँताउन लाग्नु भएको हो भन्ने ईमेज टेलिभिजनको प्रश्नमा ठाकुर निकट नेता डा. सुरेन्द्र झाले तत्कालै आफूहरू त्यो बाटोमा नजाने बताउनुभयो ।

नेता झाले अर्का अध्यक्ष उपेन्द्र यादव अरूको इसारामा चलेर पार्टीको जीवन संकटमा परेको टिप्पणी गर्नुभयो । पहिलो वरियताको अध्यक्ष महन्थ ठाकुरलाई कारबाही गर्ने अधिकार यादवसँग नभएको उहाँको भनाइ छ । जसपाभित्र दुवै पक्षले एक–अर्कालाई पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन् ।

प्रतिक्रिया