परीक्षण कम भएर संक्रमण घटेको हो, डर नदेखाइ भरोसा दिएर संक्रमित पत्ता लगाउनुपर्छ : डा. झा

admin

काठमाडौं, १९ जेठ : प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसको संक्रमण घटेको भन्न नमिल्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेका कारण संक्रमण घटेजस्तो देखिए पनि जोखिम उस्तै रहेको बताए ।

अहिले सङ्कलन गरिएका नमुनामध्ये ३० प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको भन्दै उनले परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि बढ्ने बताए । यसअघि सहरी क्षेत्रमा संक्रमण बढी फैलिएको र परीक्षणको पहुँच रहेकोमा अहिले गाउँगाउँसम्म संक्रमण फैलिएको र त्यहाँ परीक्षणको पहुँच कम रहेको निर्देशक झाले बताए ।

कोरोना संक्रमणको फैलावटको अवस्था थाहा पाउन समुदायस्तरका ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने उनले बताए । उनले आफूहरूले गाउँगाउँसम्म एन्टिजेन किट पठाइरहेको भन्दै त्यसबाट नतिजा आउने बताए ।

अहिले समुदायका घरघरमा कोरोना फैलिरहेको हुन सक्ने भन्दै उनले पालिकाहरूले आवश्यक समुदाय पत्ता लगाएर परीक्षण गर्नुपर्ने बताए । डा. झाले यस बेला त्रास फैलाएर डर देखाउनुभन्दा सबैलाई भरोसा दिँदै संक्रमित पत्ता लगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया