ओखलढुंगा, १९ जेठ : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका–८ मा रुखबाट लडेर बुधवार १ जनाको ज्या’न गएको छ ।घाँस झार्ने क्रममा पयु्ँको रुखबाट लडेर २७ वर्षीय एकबहादुर विश्वकर्माको मृ’त्यु भएको हो ।

घरनजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घा’इते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्र’हरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।