काठमाडौं, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नवगठित मन्त्रिपरिषदमा हाल मन्त्री भएका मध्ये चार जनाले मात्रै निरन्तरता पाउने भएका छन् ।
अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ दोहोरिने भएका छन् भने इश्वर पोखरेल, प्रदिप ज्ञवाली, पार्वत गुरुङ, भानुभक्त ढकाल, ह्दयेश त्रिपाठी बाहिरिने भएका छन् । एमालेबाटै रघुवीर महासेठ परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
जसपाबाट १० जना
जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ । ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ ठाकुर पक्ष सरकारमा जान लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको बेलुका ८ बजे सपथ ग्रहण हुने भएको छ । राजेन्द्र महतोले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । महतोको नेतृत्वमा सरकारमा जानेहरुमा शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ ।
यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ ।