justnep home

कसले रोक्यो गृहमन्त्रीमा महेश बस्नेतको सपथ ग्रहण ?

admin

काठमाडौं, २२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा महेश बस्नेतको नाम सिफारिस गरेको व्यापक हल्ला चलेको थियो। हिजोको मन्त्रीमण्डल पुर्नगठनमै गृहमन्त्रीमा बस्नेतलाई सपथ ग्रहण गराउने भने पनि ओलीले सिफारिस गरेको नाममा राष्ट्रपति बिद्यादेबी भण्डारीले भने असहमति जनाएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बीच कुरा नमिल्दा हिजो बस्नेतको गृहमन्त्रीमा सथप हुन नसकेको स्रोतको दाबी छ । यसअघि गृहमन्त्री बनेका रामबहादुर थापालाई सर्बोच्च अदालतले नियुक्त बदर गरिदिएपछि गुहमन्त्रालय मन्त्री विहीन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृहको पनि जिम्मेवारी लिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीपछि सबैभन्दा शक्तिशाली मन्त्रालय मानिन्छ ।

प्रधानमन्त्री ओलीले कात्तिक र मंसिरमा हुने बिघटित संसदको चुनाबलाई ध्यानमा राखेर बस्नेतलाई गृहमन्त्रीमा सिफारिस गरेको बताएईको छ ।

बस्नेत गुहमन्त्री बने एमाले महन्थ ठाकुर नेत्तृत्वको जसपासँग चुनावी सहकार्य गर्दा झण्डै दुई तिहाई मत सहित पुनः शक्तिशाली प्रधानमन्त्री बन्ने ओलीको चाहाना छ ।

बस्नेतले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले २०५४ सालमा बामदेब गौतमले जस्तै चलाउने ओलीको बुझाई छ ।

तर राष्ट्रपति भण्डारीले भने गृहमा बस्नेतलाई नहुने अडान लिएपछि प्रधानमन्त्री ओली पछि हटेको स्रोतको दाबी छ । बस्नेतले यस अघि उद्योग मन्त्रीको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।

प्रतिक्रिया