एजेन्सी, २२ जेठ : रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताएका हुन् ।
दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रुसले आउँदो दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको उनले बताए । रुसका विपक्षी नेता एलेक्से नाभाल्नीलाई पक्राउ गरी अनावश्यक यातना दिएको भन्दै अमेरिकाले पुटिन सरकारको आलोचना गरेको थियो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा पनि रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाए पनि दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको थियो ।