एजेन्सी, २२ जेठ : नाइजेरियाले सामाजिक सञ्जाल ट्विटर सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाएको छ । नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्विटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । नाइजेरिया सरकारले देशभर अनिश्चितकालका लागि ट्विटर सञ्चालनमा रोक लगाएको बीबीसीले जनाएको छ ।
ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले केही दिन अघि गरेको एक ट्वीट नियम विपरीत रहेको भन्दै ट्विटरले हटाएको थियो । बुहारीले आफ्नो ट्वीटमा १९६७ देखि ७० सम्म नाइजेरियामा भएको गृहयुद्धलाई संकेत गर्दै अभिव्यक्ति प्रकट गरेपछि ट्वीट हटाइएको थियो ।