आक्रमण गर्नेलाई कडा कारबाही, स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

admin

काठमाडौं, २३ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छिन् । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार त्यो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया