justnep home

सक्रिय संक्रमितको संख्या ९० हजारभन्दा तल झर्‍यो, थप ९९ जनाको ज्यान गयो

admin

काठमाडौं, २३ जेठ : नेपालमा कोरोना भाइरसका (कोभिड–१९) सक्रिय संक्रमितको संख्या ९० हजारभन्दा तल झरेको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन हजार चार सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार चार सय ७१ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार २४ जना र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ५५ गरी तीन हजार चार सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यस्तै बितेको २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार आठ सय ९८ पुगेको छ ।

प्रतिक्रिया