राजेन्द्र महतोको अभिव्यक्तिप्रति आलोचना गर्नेलाई सूर्य थापाले दाँजेको ‘बुमेराङ’ के हो ?

admin

काठमाडौं, २३ जेठ : शुक्रबार उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै बहुराष्ट्रिय राज्यबारे राजेन्द्र महतोेले दिएको अभिव्यक्ति आलोचित बनेको छ । आफू नेपालको भौगोलिक अखण्डताका पक्षमा रहेको स्पष्ट पार्दै महतोले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार आफूले दिएको अभिव्यक्तिको गलत व्याख्या गरेको बताए थिए ।

महतोले शुक्रबार दिएको अभिव्यक्ति सच्याइसकेकाले सोही विषयमा विपक्षी दलका नेता र सर्वसाधारणले जनाएको प्रतिक्रियालाई प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले ‘बुमेराङ’को संज्ञा दिएका छन् ।

‘प्रायः नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन् । उपप्रधानमन्त्री महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ !’

यस्तै बुमेराङ भनेको अष्ट्रेलियालगायत देशमा काठबाट बनाइने अंग्रेजी ‘एल’ आकारको एक प्रकारको वस्तु हो । ती देशरूमा रमाइलोका लागि उडाइने बुमेराङ आकाशमा उडाएपछि फर्काएर पुनः काबुमा ल्याउने मानिसहरू कुशल मानिन्छन् ।

प्रतिक्रिया