काठमाडौँ, २४ जेठ : जल तथा मौसा विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ ।
देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका कही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालको मौसमी प्रणालीमा पश्चिमी, पूर्वी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।