बस्नेलाई श्रीसम्पत्ति जिम्मा, जानेलाई दुई मुठ्ठी सातुको बाटो खर्च साथ विदा: पूर्व मन्त्री बास्कोटा

admin

काठमाडौँ, २४ जेठ : नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा गर्ने व्यंग्य गर्दै सकेसम्म अध्यक्ष ओलीको एकता प्रयासमा साथ दिन र पार्टीलाई एक ढिक्का राख्न आह्वान गरेका छन् ।

सोमबार बिहान सामानिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वास्कोटाले आफ्नै मान्छे भएकाले माया लाग्ने बताएका हुन् ।

उनले राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाव्यको दृष्टान्त दिँदै यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए भनेका छन् । उनले भनेका छन्, ‘लास्ट प्रयास ! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ ।’
बास्कोटाको स्टाटसः

प्रतिक्रिया