justnep home

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

admin

काठमाडौँ, २४ जेठ : विपक्षी विद्यार्थी संगठनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्दा दहन गरेका छन् । नेविघसंघ आवद्ध बिद्यार्थीहरुले सोमबार काठमाडौंको काँडाघारीमा प्रतिनिधिसभा बिघटन विरुद्ध र मुलुक टुक्राउने अभिव्यक्ति दिनेलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

सो क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए । पुत्दा दहन गर्नेबितिकै प्रहरीले हस्तक्षेप गरेको थियो भने केहि बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै अखिल क्रान्तिकारी आवद्ध बिद्याथीहरुले सोमबार नै काठमाडौंको मिन भवनमा प्रधानमन्त्री ओलीको पुत्दा दहन गरेका छन् । उनिहरुले सरकारविरुद्ध नारा जुलस समेत गरेका थिए ।

प्रतिक्रिया