बुढिगण्डकी नदीले बगाउँदा तीन युवा बेपत्ता

admin

धादिङ, २५ जेठ : धादिङ र गोरखाको सिमानामा पर्ने बुढिगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानका तीन युवालाई मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा बगाएको प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया