सञ्चारमन्त्रीमा रामबहादुर थापाकी पत्नीको चर्चासँगै फेरि मन्त्रिपरिषद् विस्तारको तयारी

admin

काठमाडौं, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्दैछन् । प्रधानमन्त्री ओलीले एमाले, पूर्व माओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

यसको लागि ओलीले बिहान बालुवाटारमा नेताहरुसँग छलफल गरेका छन् । छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादव लगायतको चर्चा भएको छ ।

यस्तै गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, नारदमुनि रानालाई वनमन्त्री, ज्वालाकुमारी साहलाई कृषि, मोहन बानियाँलाई विनाविभागीय र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ । पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

प्रतिक्रिया