पूर्व मन्त्री बस्नेतले भने ‘मेरो लागि पद ठूलो बिषय होईन’

admin

काठमाडौँ, २७ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तारको मन्त्री परिषदमा पूर्व मन्त्री महेश बस्नेतको नाम पनि चर्चामा थियो । पूर्व मन्त्री बस्नेतको गृह मन्त्रीको रूपमा चर्चा गरिएको थियो । तर गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

नयाँ मन्त्री परिषद विस्तार लगत्तै बस्नेत आफ्नो बारेमा गरिको प्रचारका बिषयमा सामाजिक सञ्जालमा मार्फत प्रष्टीकरण दिनुभएको छ । ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी निति, नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु ।

परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु । पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ ।

मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन । मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । तेस्तो भ्रममा नपरौ म जहाँछु त्यहि छु र म जे छु त्यहि छु । अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ ।

प्रतिक्रिया